बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु
2023/03/10, 1:49
 
ss

बाजुरामा १७ वर्षीया सुत्केरीको मृत्यु भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय बाजुराका अनुसार घरमा दुई वटा शिशु जन्माएकि लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि अछामको बयलपाटा अस्पतालमा लिदै गर्दा बाटोमा मृत्यु भएको हो। 

घरमै एक छोरी जन्माएकी लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले बिहिवार दिउँसो बह्रमतोला स्वास्थ्य चौकी पुर्‍याएका थिए। उनले अस्पतालमा अर्की छोरीलाई जन्म दिइन्। उनलाई रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटा रिफर गरेको थिए। अत्याधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै मृत्यु भएको हो। एउटा छोरीको मृत्यु भइसकेको छ भने एउटा जिवितै रहेको अस्पतालले जनाएको छ।

उनलाई समयमै स्वास्थ्य चौकी पुर्‍याइएन्। आमा जोखिममा रहेको जानकारी स्वास्थ्यकर्मीलाई थिएन्।  लक्ष्मीको पेटमा दुई बच्चा रहेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन्। तीन महिना पहिला पनि बुढीगंगा नगरपालिका वडा नम्बर ६ की नितु जैशीको पनि रत्तस्रापका कारण मुत्यु भएको थियो।