
धनगढी - कैलालीको अत्तरियामा दुई बालबालिका अलपत्र अवस्थामा भेटिएका छन् ।

अत्तरिया बसपार्क नजिकैको रौला केदार होटलमा बझाङको खप्तडछान्ना घर बताउने ६ वर्षीया बालिका र उनका चार वर्षीय भाइ अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले शनिबार साँझ उनीहरू दुवै बालबालिकाको होटलबाट उद्धार गरिएको जानकारी दिए ।

आमाको नाम सरिता गिरी र बुवाको नाम गणेश गिरी बताउने उनीहरु आमासँगै भारतबाट आएको खुलेको डीएसपी बरालले बताए । तर, उनीहरुलाई होटलमै छोडेर आमा कहाँ गइन् भन्ने खुलेको छैन ।
उनकाअनुसार होटलबाट उद्धार गरिएका बालबालिकालाई अत्तरियाको महिला तथा बालबालिका सेभ हाउसमा राखिएको छ भने उनीहरुका परिवारसँग सम्पर्कको प्रयास भइरहेको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39