
कञ्चनपुर - कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँका २१ वर्षीय रोहित महरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39