बाजुराको बुढीनन्दा क्याम्पसमा झडप, मतदान रोकियो
नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर
2023/03/19, 2:59

बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएपछि मतदान रोकिएको छ । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनलाई लिएर नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।

मतदानका क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रु ग्याँस र हवाई फायर समेत गरेको थियो ।
मतदान सुरु भए लगत्तै विवाद भएको थियो फेरि समस्या हल गरेर मतदान गरिएकोमा पुनस् झडप भए पनि अहिले मतदान अवरुद्ध रहेको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/11/19, 2:40
2021/05/02, 11:16