
सुदूरपश्चिम प्रदेशका जनसंख्या २६ लाख नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २६ लाख ९४ हजार सात सय ८३ पुगेको छ ।

योसँगै सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश बनेको छ । २०६८ सालको जनगणनामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २५ लाख ५२ हजार पाँच सय १७ थियो । पछिल्लो १० वर्षको अवधिमा प्रदेशमा एक लाख ४२ हजार दुई सय ६६ ९५ दशमलव २७ प्रतिशत० ले जनसंख्यामा बृद्धि आएको तथ्यांकमा उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश बनेको छ । राष्ट्रिय जनगणनाको परिणाम अनुसार नेपालको जनसंख्या १० वर्षको अवधिमा दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ ।

2025/06/27, 9:19
2025/06/26, 7:44
2025/06/15, 4:21
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 12:27
2020/12/05, 12:31
2021/07/10, 9:45
2022/03/16, 5:38
2023/03/19, 12:53