सुदुरपश्चिममा स्वाब संकलनका नमुनाहरु थुप्रिएका छन् । धनगढी स्थित प्रयोगशालामा नमुना परिक्षणको क्रम घटेसँगै नमुनाहरु थन्किएका हुन् । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म पाँच हजार एक सय २३ जनाको स्वाब संकलनको नमुना परिक्षण हुन वाँकी रहेको छ ।
धनगढी स्थित प्रयोगशाला र राष्टि जनस्वास्थ्य प्रयोगशालामा ती नमुनाहरु परिक्षणको क्रममा रहेका छन् । सुदुरपश्चिममा कोरोना परिक्षण हुने एक मात्रै धनगढी स्थित प्रादेशिक प्रयोगशालामा कोरोना परिक्षण घटेको छ । सेती प्रादेशिक प्रयोगशालामा गरिएको पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै कोरोना परिक्षण भएको छ ।
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले पछिल्लो २४ घण्टामा ३४ जनाको मात्रै परिक्षण भएको जानकारी दिए । त्यसमा दुई जनामा कोरोना पुष्टि भएको छ ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/03/14, 10:21
2020/09/06, 4:05
2022/07/08, 11:01
2023/11/13, 12:07