
कैलाली - कैलालीमा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय टीकापुर खटिएको प्रहरी टोलीले टीकापुर ३ बजिर चौराहस्थित सडकखण्डबाट जानकी गाँउपालिका ७ गोलौरीका १९ बर्षीय राजबिन महतोलाई पक्राउ गरेको हो।

सु.प.प्र.०१-०११ प ११२६ नम्बरको मोटरसाईकलमा सवार उनी टीकापुरबाट गोलौरी तर्फ जाँदै गरेका थिए। उनलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तिमा थान ५ पोका प्लाष्टिकमा ३ सय १० मिलिग्राम लागुऔषध(खैरो हेरोईन) लुकाई राखेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषध (खैरो हेरोईन) सहित महतोलाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09