अष्टेलियाबाट पीसीआर मेसिनका लागि एक लाख ११ हजार सहयोग
2020/07/01, 8:29
 
korona

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टेलियामा सहयोग संकलनको नेतृत्व गरिरहेका गैर आवासीय संघ अष्टेलियाका पूर्व उपाध्यक्ष तथा युवा व्यवसायी स्वतन्त्र प्रताप शाहले एक लाख ११ हजार रुपैया संकलन गरेर पठाएका छन् । एनआरएनए अभियन्ता शाह स्वयमले ६० हजार दुई सय २० रुपैया जम्मा गरेर अष्टे«लियामा सहयोग संकलन अभियान शुरु गरेका थिए ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टे«लियाबाट सृजना ढकालले १२ हजार ५१ रुपैया, कमल रावलले ११ हजार ८ सय ४७, होम प्यासीले ११ हजार आठ सय ४७, लक्ष्मी जोशीले छ हजार ८४, ईश्वर कुईकेलले दुई हजार नौ सय ८३, समिम अनवरले दुई हजार तीन सय ८६ रुपैया सहयोग गरेको शाहले बताए ।

सुदूर पश्चिमको डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टे«लियामा थालिएको सहयोग संकलन अभियानमा सुदूपश्चिमेली मात्र नभएर देशका बिभिन्न जिल्लाका बासिन्दाले सहयोग गरेका छन् । प्रवासमा भएपनि यो मन त नेपालमै छ, हाम्रो सानो सहयोगले डडेल्धुरामा पीसीआर मेसिन स्थापनामा योगदान पुग्ने विश्वास गरेका छौ, शाहले भने, अष्टेलियाबाट यो अभियानमा सहयोग गर्नेहरु प्रति आभारी छौ ।

पीसीआर मेसिनको अभावमा कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दाको सुबिधाका लागि डडेल्धुरामा पीसीआर स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा जारी अभियानको अष्टे«लियामा युवा व्यवसायी शाहले नेतृत्व गरेका थिए ।

उनी कैलालीको टीकापुरका बासिन्दा हुन् ।