
कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना हुने तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

‘खेलौ फूटबल रमेर, फूटबलको संदेश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजनामा हुने प्रतियोगिता चैत २१ गतेदेखि ३० सम्म हुनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।प्रतियोगिताको विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:43
2020/10/27, 6:56
2022/01/02, 11:59
2023/01/17, 5:34