हिमालयन गौरीशंकर डेन्टल एनएफजेएफ मिडिया कप हुने
 
aa

कैलालीको धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा पाचौं संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताहुने भएको हो ।
प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक विराज रोस्याराले बताए । प्रतियोगितामा पत्रकारहरुका विभिन्न टीमहरुको सहभागीता रहने आयोजकले जनाएको छ । लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज ११ गते भोली शनिबार आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए ।


प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एसके र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव तथा प्रतियोगिता संयोजक विराज रोस्याराले हस्ताक्षर गरे । सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाट हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिदै आएको छ । धनगढीको सेती प्रादेशिक अस्पताल नजिक रहेको क्लिनिकले डेढ दशक अघि सुरु गरिएकोमा हाल दन्त अस्पतालको रुपमा सञ्चालन गरिएको छ ।


सेती प्रादेशिक अस्पतालको सटरबाट सरेर अहिले हिमालयन गौरीशंकर डेन्टल सेन्ट्रल डाईग्लोनिष्ट छेउमा सुविधा सम्पन्न रुपमा अत्याधुनिक दन्त सेवा सहित सञ्चालनमा रहेको सञ्चालक रतनकुमार एसकेले बताए । हिमालयन गौरीशंकर डेन्टल क्लिनिक दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा सञ्चालनमा रहेको छ । दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थपिएका छन् । डेन्टलमा अहिले विशेषज्ञ तथा बरिष्ठ स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन । सस्तो मुल्यमा सेवा दिईरहेका क्लिनिकले असहायलाई पुरै निःशुल्क सेवा दिदैं आएको छ । दन्त उपचारका लागि हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरेको छ ।