यु–१६ क्रिकेट सुदूरपश्चिम छनोट, बझाङद्वारा बैतडी पराजित
2025/05/23, 12:24
 
dd

एसिसी पुरुष यु–१६ इष्ट जोन कप’को  सुदूरपश्चिम छनोट बिहीवारदेखि बैतडीमा सुरु भएको छ।

दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा सुरु भएको उक्त प्रतियोगिताको नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे। उद्घाटन समारोहमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, सचिव सिद्धराज बोकटीलगायतको उपस्थिति रहेको थियो। उद्घाटन समारोहपश्चात् भएको पहिलो खेलमा बझाङले घरेलु टोली बैतडीमाथि  ६ विकेटको जित निकालेको छ। 

बैतडीले दिएको ९६ रनको सामान्य लक्ष्य बझाङले १२ दशमलब ३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि महेन्द्र विष्टले अविजित ३९ र हिमाल दौल्यालले २४ रन बानाए। बलिङतर्फ बैतडीका अमर चन्दले तीन विकेट लिए। यसअघि पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा ९५ रन मात्र बनायो। उसका लागि अमर चन्दले सर्वाधिक २१ रन बनाए। बलिङतर्फ बझाङका सुशिल रावल र सागर खड्काले तीन तीन विकेट लिए।

सुसिशल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भएको स्कोरर दीपेन्द्रबहादुर  बोहराले जानकारी दिए। बिहीवारनै सम्पन्न अर्को खेलमा डडेल्धुराले डोटीलाई ९ विकेटले पराजित गर्यो। डोटीले दिएको १०९ रनको लक्ष्य डडेल्धुराले ८ दशमलव एक ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो। ‘प्लेयर अफ दी म्याच’ लोकेश चन्दले अविजित ४९ तथा यसकुमार कठायतले ३८ रन बनाए। 

यसअघि पहिला ब्याटिङ गरेको डोटीले १५ ओभरमा ५ विकेटको क्षतिमा १०८ रन जोड्यो। उसका लागि महेश देउवाले ३१ र मोहन भट्टले २८ रन बनाए। बलिङतर्फ डडेल्धुराका किरन देउवाले २ विकेट लिए। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आवद्ध सुदूरपश्चिमका आठ जिल्ला सहभागी छन्।

समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’ मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन्। छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जानकारी दिए।