
सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै जान थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ कोरोना संक्रमित थपिएका छन । ६९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।प्रदेशमा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो सयम सीमानाबाट भित्रिनेमा कोरोना संक्रमण देखिन थालेको छ।
आज कोरोना संक्रमण पुष्टि भएका मध्ये ९ जना सीमामा गरिएको परिक्षणमा संक्रमित भेटिएका थिए । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07