
धनगढी उप–महानगरपालिकाको वडा नम्बर २ को कार्यालयमा तालाबन्दी भएको छ । लकडाउन प्रभावित नागरिकलाई गुणस्तरहीन चामल वितरण गरेको भन्दै नेपाल कम्यूनिष्ष्ट पार्टी (नेकपा) वडा कमिटीले तालाबन्दी गरेको हो ।

वडा कमिटी संयोजक विष्णु पुरीले प्रेस विज्ञप्ती जारी गर्दै वडा कार्यालयमा ताला बन्दी गरिएको जनाएकी छिन् । पुरीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा वडा कार्यालयले लकडाउनको उल्लंघन गर्दै राहत वितरण गरेको आरोप लगाईएको छ ।
वडा कार्यालयबाट वितरण हुने चामल गुणस्तरीय हुनुपर्ने र एकद्धार प्रणालीबाट वितरण हुनुपर्ने माग विज्ञप्तीमा गरिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/22, 4:42
2021/09/23, 4:00
2020/07/27, 9:33
2020/12/21, 12:43
2022/10/11, 6:54