
कैलालीमा विहीबार जिल्ला प्रशासन अगाडि विरोध प्रदर्शन गरिएको छ। जिल्लामा रहेका लघुवित्तय संस्थाहरुको ज्यादतिविरुद्ध कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन गर्दै विरोध प्रदर्शन तीन दिन देखि जारी रहेको छ। लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति, केन्द्रिय समितिले २१ गतेदेखि शुरु गरेको प्रदर्शन बिहिबार पनि जारी राखेको हो।

नव सामन्तीको रुपमा स्थापित लघुवित्त संस्था खारेज हुनुपर्ने, लघुवित्त संस्थाहरुद्धारा लगाइएका सामुहिक ऋण मिनाह गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशूल्क ऋण प्रदान गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर लगायतका नारा सहित उनीहरुले प्रशासनमा अनिश्चितकालिन रिले अनसन जारी राखेको घोडाघोडी नगरपालिकाका मणीप्रसाद चौलागाईले बताए।
आन्दोलकारीले यस विषयको सरकारले निकास नदिए आन्दोलन थप चर्काउने चेतावनी दिए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07