
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा १६ का १४ वर्षीय बालक पर्वत गिरीको सर्पको टोकाइबाट मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्र बिष्टका अनुसार, बालकलाई गएराति सर्पले डसेको र घरपरिवारले थाहा पाएपछि राति नै महाकाली उपप्रादेशिक अस्पताल लगिएको थियोे ।

त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी लैजाँदै गर्दा बालकको बुधबार बिहान बाटोमै मृत्यु भएको परिवार स्रोतले जनाएको छ । सर्पले टोकेपछि समयमै उपचार नहुँदा यहाँका नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।
सर्पदंशकै कारण यही असार १४ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको समेत मृत्यु भएको थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/07, 12:53
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00