
कैलालीको धनगढीमा रहेको माया मेट्रो हस्पिटलले नयाँ वर्षको अवसरमा बिरामी, ग्राहक एवम् कर्मचारीहरूलाई कामकाजमा सहजताका लागि वैशाख १ गतेका दिन मोबाइल एप्स सञ्चालनमा ल्याउने भएको छ ।

मोबाइल एप्स मार्फत टाढा टाढा रहेका बिरामी एवम् ग्राहकले अनलाइन बाटै नाम दर्ता, टेलिमेडिसियन, ल्याब रिपोर्ट सँगै अस्पतालबाट दिइँदै आएका सेवा सुविधा एप्स बाटै जानकारी लिन सकिने अस्पतालकी प्रशासन अधिकृत मनिता तामाङले बताइन् ।
माया मेट्रो हस्पिटलको मोबाइल एप्स विश्व चर्चित एप्स निर्माण कम्पनी आईमार्क कम्पनीले निर्माण गर्न लागेको छ । माया मेट्रो हस्पिटल नाम गरेको एप्स गुगलको प्ले स्टोरमा गएर आफ्नो मोबाइलमा डाउनलोड गरी घरमै बसी बसी सेवा लिन सकिने छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07