सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडादर छुट गराउन नेविसंघको माग
2023/04/12, 4:22

नेपाल विद्यार्थी संघ कैलालीले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडादर छुट गराउन माग गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई आज ज्ञापन पत्र बुझाउदै उक्त माग गरिएको हो ।

विद्यार्थीहरुले दैनिक रुपमा प्रयोग गर्दै आईरहेका सार्वजनिक सवारी साधनमा सरकारले विद्यार्थीहरुकालागि कुल भाँडादरको ४५ प्रतिशत छुट दिने व्यवस्था गरेको लामो समय बितिसक्दा पनि उक्त व्यवस्था कार्यान्वयन नभएकाले आज ज्ञापन पत्र बुझाइएको नेपाल विद्यार्थी संघ कैलालीका जिल्ला सभापति मनिष कुँवरले बताए ।
त्यस्तै उक्त व्यवस्था कार्यान्वयन नभए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रिने कुँवरले बताएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07