धनगढीमा राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु
2023/04/12, 4:49
 
ss

धनगढीमा पहिलो मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुरु भएको छ । बुधबार धनगढी रंगशालामा कैलाली जिल्ला फेन्सिङ संघको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे ।

प्रतियोगितामा बागमती, कोशी, गण्डकी र सुदूरपश्चिमका गरी चार प्रदेशका खेलाडी सहभागि छन् । विभागीय टिम सशस्त्र प्रहरी पनि प्रतियोगितामा सहभागि छ । ईपीमा २० बर्षमुनी उमेरका महिला र पुरुष दुवै विधामा खेल भइरहेका छन् । यस्तै सेबरमा खुल्ला तर्फ महिला र पुरुष गरी जम्मा ७७ जना खेलाडीहरुबीच प्रतिष्पर्धा भइरहेको छ ।

फेन्सिङ खेललाई तरबार बाजी भनेर पनि चिन्ने गरिन्छ । यो एक पुरानो खेल हो । सन् १८९६ मा एथेन्समा भएको पहिलो ओलम्पीक खेलमा समावेश ५ मध्ये फेन्सिङ पनि एक थियो । सुदुरपश्चिमका खेलाडीले फेन्सिङमा ८ औं राष्टिय खेलकुदमा र प्रथम वीर गणेशमान सिंह राष्टिय च्याम्पीयनशीपमा कास्य पदक जितेका थिए ।

यस्तै ९ औं राष्टिय खेलकुद प्रतियोगितामा १ स्वर्ण, २ कास्य पदक जितेका थिए । केहि दिन अगाडी पोखरामा सम्पन्न ईपी विधामा सुपका खेलाडीले जुनियर खेलमा १ रजत र १ कास्य जितेका थिए । मुख्यमन्त्री शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताए । उनले खेलमा सहभागी हुन आएका सबैलाई सुदूरपश्चिममा स्वागत गर्दै खेल जगतलाई अगाडि बढाउने काम हुने बताए । उनले खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत बताए ।

संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिनुभएको थियो । प्रतियोगिताका फाइनल खेल विहिबार हुने छन् । विभिन्न विधामा प्रथमले १५ हजार, दोसा्रे हुनेले १० हजार, तेस्रो र चौथो हुने खेलाडीले ५/५ हजार पुरस्कार पाउने छन् ।