फारवेष्ट पशुपति फुटसल प्रतियोगिताको उपाधि आयोजकलाई
2023/04/13, 12:15
 
ss

दोस्रो फारवेष्ट पशुपति फुटसल प्रतियोगिताको उपाधि आयोजक फारवेष्ट पशुपति युवा क्लबले जितेको छ । धनगढीको फल्याटल्याण्ड फुटसलमा भएको फाईनल खेलमा बाजुराको रानीबन स्पोर्टस क्लबलाई २–० ले हराउँदै आयोजकले उपाधि जितेको हो ।

1 

उपाधिसँगै आयोजक फारवेष्ट पशुपति युवा क्लबले नगद ७१ हजार प्राप्त गरेको छ । उपविजेता रानीवनले ३१ हजार पाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी रानीवनका दिपक विक भए । त्यस्तै उत्कृष्ट गोलरक्षक राधे राधे फुटसल टीमका हरिश नाथ योगी भए भने उदयमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका सुशिल विक भए । उनीहरुले नगद दुई हजार पाँच सय पाए । 

1

प्रतियोगिताका विजयी खेलाडीहरुलाई वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी लगायतले पुरस्कार वितरण गरे । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भएको दोस्रो फारवेष्ट पशुपति फुटसल प्रतियोगितामा २२ टीमको सहभागीता रहेको थियो । 

4