धनगढी हाफ म्याराथनः आर्मीका मुकेश पाललाई उपाधि
2023/04/14, 4:43
 
ss

नयाँ बर्षको अवसरमा कैलालीको धनगढीमा हुदैं आएको धनगढी हाफ म्याराथनको नवौं संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन् । आज विहान धनगढीमा धनगढी जेसिजको आयोजनामा भएको धनगढी हाफ म्याराथुनको निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै पालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत प्राप्त गरेका छन् । 

3

3

3

यस्तै नेपाल आर्मीकै नरेन्द्र सिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दुरी १ घन्टा ७ मिनेट २३ सेकेन्डमा पुरा गरे । दोस्रो भएका रावलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ हात पारे । ‘अब धनगढी दौडिन्छ‘ भन्ने नाराका साथ भएको धनगढी हाफ म्याराथुनमा सन्तोष बिक्रम बिष्ट तेस्रो भएका छन । उनले निर्धारित दुरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पुरा गरे । नगद २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथुनमा झण्डै चार सय धावकहरुको सहभागीता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताउनुभयो । 

1

3

1

यस्तै महिला तर्फ भागेश्वरी धामी प्रथम, पवित्रा सार्की द्धितीय र नेहा खड्का तृतीय भए । उनीहरुले क्रमशः ५, ५५५, ३,३३३ र २,२२२ नगद प्राप्त गरे । त्यसैगरी कर्पोरेट तथा मिडिया तर्फ काशिराम मण्डल पहिलो, उमेश विक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए । उनीहरुले पनि क्रमशः ५, ५५५, ३,३३३ र २,२२२ नगद प्राप्त गरे । प्रतियोगितामा अपांगता भएका व्यक्तीहरुका लागि ट्राई साईकल दौड राखिएको थियो । त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिनुभयो । गोलाप्रथाद्धारा सहभागीताहरुलाई विभिन्न उपहारहरु पनि प्रदान गरिएको थियो । 

1

3

3

धनगढी हाफ म्याराथुनको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो भने प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले विजयीलाई पुरस्कार वितरण गर्नुभयो । धनगढी जेसिजले प्रत्येक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताको नवौं संस्करण हो । यो संस्करणको मुख्य प्रायोजक जेसिज एभरेष्ट माध्यमिक विद्यालय रहेको थियो । मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको थियो । विभिन्न प्रबद्र्धक र प्रायोजकहरुले पनि हाफ म्याराथुनमा प्रायोजन गरेर साथ दिएका थिए । 

1

1

1

1