राना–थारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री देउवा
2023/04/15, 1:24
 
ss

कैलाली कञ्चनपुरमा रहेका राना–थारु समुदायको विकासका लागि प्रदेश सरकार प्रतिबद्द रहेको सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले उल्लेख गरेका छन्।

राना संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा २ दिने राना–थारु महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले यस्तो बताएका हुन्। कार्यक्रममा मन्त्री देउवाले कैलाली कचनपुरका रानाथारुहरूको सामाजिक र मानवीय विकासका लागि प्रदेश सरकारले आवश्यक नीतिगत रूपमा र संरचना गतरूपमा सुधार गरी कार्य अगाडि बढाउने बताए।

उक्त अवसरमा आयोजक राना संस्कृति संरक्षण तथा विकास मञ्चले मन्त्रीलाई ५ बुँदे ज्ञापनपत्रसमेत पेश गरेका थिए। जसमा धनगढी उपमहानगरपालिका वडा न १३ मा निर्माणा निर्माणाधीन राना–थारु संग्राहलयको जग्गाको स्वामित्व संग्रहालयको हुनुपर्ने, संग्रहालयको निर्माणका लागि प्रदेश सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने, महोत्सवको लागि आगामी दिनमा बजेटको व्यवस्था गर्नुपर्ने, मञ्चले सञ्चालन गरिरहेका जनचेतना र शैक्षिक कार्यक्रमका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने लगायतका मागहरू रहेका छन्।