भाजपाका विदेश विभाग प्रमुख धनगढीमा
2023/04/17, 12:12
 
भाजपाका विदेश विभाग प्रमुख धनगढीमा

धनगढी - मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा।विजय चौथाईवाले आइतबार धनगढी आएका छन्।

चौथाईवालेलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका छन्। वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गर्न सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवालेलाई मुख्यमन्त्री शाह, सुदूरपश्चिमका भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीले स्वागत गरेका हुन्।

सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाउ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएका हुन्।