अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा. देउवाको आग्रह
2023/04/18, 10:57
 
ss

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा। आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी    छन् ।

सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी ९भाजपा०का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताइन् ।

डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।

“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ”, राणाले भनिन्, ‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।” गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उनको भनाइ छ । राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याईन् ।

सुदूरपश्चिम प्रदेश अहिले भौतिक पूर्वाधार विकासमा राम्रो बनिसकेको भएपनि यहाँको जनशक्ति विदेशीने क्रम अझै नरोकिएको उनको भनाइ छ । “पछिल्लो समय यहाँको पूर्वाधारमा निकै ठूलो परिवर्तन भएको छ । तर यहाँको जनशक्ति विभिन्न देशमा गइरहेका छन् ।” राणाले भनिन्, “नेपालका लागि काम गरौं र यहीँ श्रम गरौं भन्ने अवस्था बनाउन यहीँ रोजीरोटी कमाउने र यहीँ राम्रो सपना देख्ने अवस्था सिर्जना गर्नका लागि सबै आआफ्नो क्षेत्रबाट लागौं ।”

मानसखण्ड सम्मेलनको औचित्यबारे बोल्नुहुँदै सांसद राणाले नयाँ युगलाई कसरी परिभाषित गर्ने र कसरी अघि बढ्ने भन्नेबारे यसले मार्ग रेखाङ्कन गरेको बताइन् । “सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले मानसखण्ड करिडोरको मार्गचित्र कोर्नुभएको छ, यसलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक छ”, उनले भनिन्।

सरकार यतिबेला बजेट निर्माणको चरणमा रहेकाले मानसखण्ड करिडोर निर्माणका लागि सुदूरपश्चिम प्रदेशले पहल गर्नुपर्ने उनको सुझाव छ । भारतले आफ्नो क्षेत्रमा करिडोर निर्माण गरिरहेकाले नेपालले पनि पहल थाल्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, विश्व ध्रुवीकरणका सन्दर्भमा नेपाल सधैं मानव अधिकार र प्रजातन्त्रको पक्षमा उभिने पनि राणाले स्पष्ट पारिन् ।