
कैलालीको लम्कीबाट २ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लामा लागुऔषध खैरो हिरोईन बेचबिखन तथा सेवन भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सोही ठाँउका २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओलिलाई पक्राउ गरिएको छ।

शमिरले लगाएको कालो रङको जिन्सको पाइन्ट अगाडिको खल्तीबाट प्लाष्टिकको झिल्लीमा पोका पारेको १ थान प्लाष्टिक सहित २ ग्राम ३ सय ४० मिलिग्राम लागु औषध खैरो हेरोईन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरिक्षक शंकर खड्काको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई मंलवार अपरान्ह ४ः३० बजे पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11