कैलालीको भजनीमा करेन्ट लागेर एक जनाको मृत्यु
2023/04/20, 12:13
 
ss

कैलालीको भजनीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

कैलालीको भजनी नगरपालिका ९२ रजवारा बस्ने ४० वर्षीय लोकबहादुर डगौराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही ठाउँस्थित काढा नदीबाट तरकारीबारीमा मोटरबाटपानी तान्ने क्रममा करेन्ट लाग्दा डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।