मुल प्रबाहबाट काँग्रेस साईड लाग्दैनः सभापति बलायर
2023/04/23, 6:04
 
ss

नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेशका सभापती एवं संघिय सांसद वीरवहादुर बलायरले देशमा काँग्रेस विनाको विकल्प नरहेको बताएका छन। नेपाली काँग्रेस गोदावरी नगरपालिका वडा नं १० को वडा सम्मेलनलाई आईतवार सम्बोधन गर्दै उनले सोकुरा बताएका हुन। देशको मुलप्रवाहबाट काँग्रेस साइड लागेमा देशको प्रस्थिति ठिक नहुने कुरा अवगत गराउदै वलायरले भने काँग्रेस बचाउन टोल, वडा देखि नै सवैले लाग्नु पर्दछ।

उनले जनताले मलाई दिएको मत मेरो तागत भएको कुरा बताउदै बलायरले भने, विकास निर्माणका लागि आफु सधै लागि रहने बताए। सुदूरपश्चिमका बारेमा राज्यलाई अनुभुति गराउन सकेमात्र राजनिति गराइको अर्थ रहने बताउदै उनले आफुले गरेको कामको तपाइहरुले निरन्तर तारिफ र बयान गर्ने वातावरण बनाउने बताए।

सम्मेलनमा नेता कार्यकर्ताले विकास निर्माण र पार्टीको संगठनलाई मजबुत बनाउन कडा रुपमा लाग्नुपर्ने समेत बताएका थिए।