सुदुरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डः कैलाली प्रथम 
2023/04/24, 7:22
 
ss

१३ औँ सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले प्रथम स्थान हासिल गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले प्रदेशका बिभिन्न जिल्लामा गरेको प्रतियोगितामा कैलाली जिल्ला पहिलो भएको हो । 

कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कन्चनपुर दोस्रो भएको छ । कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पारेको छ । यस्तै डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक सहित तेस्रो भएको छ । 

बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो स्थान हासिल गरेको छ भने २ स्वर्ण, ४ रजत, ७ कास्य गरी १३ पदक हात पार्दै दार्चुलाले पाँचौ स्थान हासिल गरेको छ  ।  यसैगरी बैतडीले १ स्वर्ण, ४ रजत, ४ कास्य गरी ९ पदक हात जित्दै छैटौ स्थान हाँसिल गरेको छ । अछामले १ स्वर्ण, ८ कास्य गरी ९ पदक हात पार्दै सातौँ स्थान हासिल गरेको छ । उता बझाङले ३ रजत, ५ कास्य गरी ८ पदक जित्दै आठौँ स्थानमा रहेको छ भने डोटीले ७ कास्य पदक जित्दै नबौँ स्थान हासिल गरेको छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले राष्ट्रिय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिंहले जानकारी दिए ।