सुदूरपश्चिमा ‘लम्पी स्कीन’ रोगले धमाधम पशु मर्दै
2023/04/25, 12:18
 
aa

सुदूरपश्चिममा नयाँ संक्रामक रोग ‘लम्पी स्कीन’ पशुमा देखिन थालेपछि दुधालु पशुले दूध घटाउँदै जाँदा किसान चिन्तित बनेका छन्। प्रदेशका हरेक जिल्लामा एकरएक सयको संख्यामा यो रोगका कारण पशुको मरिसकेका छन्। गत वर्षदेखि देखा परेको यो रोग हाल व्यापक रुपमा फैलिसकेको छ।

कैलाली कञ्चनपुर हुँदै पहाडी र हिमाली जिल्लामा लम्पी स्कीन रोग देखा पर्न थालेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ। हालसम्म यस रोगबाट प्रदेशका सबै जिल्लामा गरी १० हजार बढी पशु सङ्क्रमित भएको विवरण प्राप्त भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुचिकित्सक डाक्टर हेमराज अवस्थीले बताए। ‘यो रोग सबैतिर फैलिसकेको छ। अहिले पशुको खरिदविक्री नगर्न र एक स्थानबाट अर्को स्थानमा पशु स्थानान्तरण नगर्न र उचित सावधान अपनाउन सके मात्र संक्रमण र मृत्युदरमा कमि ल्याउन सकिन्छ। नभए अझ भयावह अवस्था आउन सक्छ।’ रोगको सङ्क्रमण फैलिन नदिन किसानले सजग हुनुपर्ने पशु चिकित्सकको सुझाव छ।

रोग देखा परेका गाई गोरुलाई अलग्गै राखेर सरसफाई र आवश्यकताका आधारमा पशु चिकित्सक वा प्राविधिकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्ने उनले बताए। सरुवा रोग भएकाले अरु पशुमा सङ्क्रमण फैलिन नदिन पशुपालक किसानलाई रोगबारे जानकारी दिने र निदानका उपायबारे जानकारी दिन आवश्यक भइसकेको छ। सबैभन्दा बढी यस रोगबाट गाई, गोरु र बाच्छाबाच्छी प्रभावित भएका छन्। केहि भैँसीमा समेत यो रोग देखा परेको छ। रोगलाई महामारीका रुपमा फैलिन नदिन किसानलाई सर्तक गराइनुपर्ने सरोकारवाला बताउँछन्। लम्पी स्कीन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिङ्गा, किर्नालगायतबाट सर्ने गरेको छ। यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार हुँदै आएको पशु चिकित्सकले बताएका छन्।

पक्स भाइरस समूहको लम्पी स्कीन डिजिज भाइरसबाट सर्ने रोग हो। कैलालीमा यो रोग गत वर्षदेखि देखा परेको हो। जिल्लाभित्र गत वर्ष मात्र यो रोगका कारण पाँच सय बढी पशु प्रभावित बनेका थिए। यो वर्ष भने हरेक जिल्लामा एकरएक सयको संख्यामा पशु परिसकेको विवरण प्राप्त भएको पशुचिकित्सक अवस्थीले बताए।