मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदुरपश्चिमको टीम कोसी प्रदेश प्रस्थान
2023/04/25, 4:19
 
ss

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदुरपश्चिम प्रदेशको टीम कोसी प्रदेश प्रस्थान गरेको छ । प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशको आयोजनामा हुने मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्न सुदुरपश्चिम प्रदेशको टीम त्यसतर्फ प्रस्थान गरेको हो । १५ सदस्यीय टीम आज कोसी प्रदेश प्रस्थान गरेको हो । 

नवराज धामीको कप्तानीमा रहेको टीममा सन्तोष खत्री, बलदेव धामी, बरुण ठगुन्ना, महेश ताम्राकार, तेज नाथ, जितेन्द्र ढुंगेल, रोशन चन्द, नवराज धामी, सुरेन्द्र खड्का, वेदप्रकाश जोशी, मिलन शाह र रमेश बम रहेका छन् । टोली नेतामा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, व्यवस्थापकमा परिषदका सदस्य झलक शाह र प्रशिक्षकमा हिक्मत गिरी रहेका छन् । 

टोलीको आज सुदुरपश्चिम प्रदेश खेलकुद परिषदमा एक कार्यक्रम गरी विदाई गरिएको छ । टोलीलाई परिषदका सदस्य सचिव दिपकवहादुर सिंह लगायतका सदस्यहरुले सफलताको शुभकामना दिर्दै बिदाई गरिएको हो ।