
सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ ।

ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए । लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए ।
उनी सिजनको अन्तिमसम्म क्लबमै रहने बताइएको छ । उनले क्लबसँग सिजनको अन्तिमसम्म रहने गरि भर्खरै सम्झौता गरेका छन् । जितसँगै ईन्टर तेस्रो स्थानमा थप मजबुद बनेको छ । क्लब सिरि एको उपाधि होडमा यथावत छ । ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00