
महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुल भोलिदेखि सञ्चालनमा आउने भएको छ । विगत एक महिनादेखि बन्द गरिएको पुल भोलिदेखि पुनःसञ्चालनमा आउने भएको हो ।

आवागमन सहज बनाउन एकातर्फको दुई लेन खोलिने भएको हो । पुलको दुवैतर्फ विंगस वाल निर्माण गर्नुपर्ने भएकाले ११ चैतदेखि पुल बन्द गरिएको थियो। पुल बन्द हुँदा ठूला साना सवारीसाधन चल्न नसक्दा र पैदल यात्रीलाई पनि समस्या भएका थियो।
पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिसक्दो पुलको काम लगभग पूरा भएको छ । पर्खाल निर्माणसँगै पुलको पूर्वतर्फ पोखरीको काम पनि चलिरहेको छ । पोखरी निर्माणको काम पनि बर्खाअगावैे सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11