जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन पुर्ण रुपमा सञ्चालन
2020/07/02, 8:15
 
korona

नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा नागरिकस्तरबाट स्थापना गरिएको पीसीआर मेसिन पुर्ण रुपमा सञ्चालनमा आएको छ । ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन विहीवारदेखि पुर्ण रुपमा सञ्चालनमा आएको हो । धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूनाहरुको पुनः परीक्षण गरेर विहीवारदेखि पुर्ण रुपमा डडेल्धुरा उपक्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझाले बताए । 

2

उपक्षेत्रीय अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढी स्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाण्डौबाट आएका ईञ्जिनियर सहितको टोलीले वुधवार पिसिआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए । धनगढी स्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईसकेको बताए । डडेल्धुरामा संकलित स्वाव परीक्षण गरिन सुरु भएको छ । ती ती परिक्षण गरिएका स्वावको नमूनालाई धनगढी स्थित प्रयोगशाला पुनः परीक्षण गरेर गुणस्तर जाँच गरिने भएको छ । 

3

पीसीआर मेसिन सञ्चालनमा आएको खवरले अत्यन्त उत्साही भएको ह्युमानिटी फाउण्डेसनका संस्थापक अध्यक्ष श्याम तायलले बताए । उनले आफुहरुको एउटा मिसन पुरा भएको प्रतिक्रिया दिए । यसले कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ । पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाहरु कोरोानाको परीक्षणको अभावमा छटपटाईरहेका बेला ह्युमानिटी फाउण्डेसनले सुदूर पश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान शुरु गरेको थियो । तीन साता अघि धनगढीबाट सुरु भएको सहयोग संकलन अभियान त्यसको केही दिनमै विश्वव्यापी  भएको थियो । यो अभियानमा विश्वका विभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूर पश्चिम समाजहरुले साथ दिएका थिए ।

4

करीव ९६ लाख रुपैयामा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ । विश्वभरीबाट  यो अभियानमा जोडिएका सुदूर पश्चिमेली अगुवा र सुदूर पश्चिम समाजका  अगुवाहरुले डडेल्धुरामा पीसीआर मेसिन सञ्चालनमा आएपछि खुशी व्यक्त गरेका छन् । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुका साथै अभियानमा हौसला प्रदान गरेका थिए । 

पूर्व प्रधानमन्त्री देउवाले टेलिफोन मार्फत डडेल्धुरामा पिसिआर मेसिन स्थापना गरेकोमा धन्यवाद समेत दिए । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र उनका स्वकीय सचिव हितेश ओझाको सक्रियता र सहयोगमा दुई सातामै डडेल्धुरामा पीसीआर मेसिन स्थापना भएको हो ।