धनगढीमा छोराको हत्या गरेर बुवाले गरे प्रहरीमा आत्मसमर्पण
2023/04/29, 6:17
 
ss

कैलालीको धनगढीमा एक जनाले छोराको हत्या गरेर प्रहरीमा आत्मसर्पण गरेका छन् । धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसर्पण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक  श्याम चौधरीले चौधरीले छोराको टाउकोमा ईटा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले चौधरीले आत्मसर्पण गरेको बताउदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको बताए ।