पर्यावरण संरक्षण एवम वन पैदावार व्यवसायी संघको अध्यक्षमा शाह
2023/04/29, 6:40
 
ss

पर्यावरण संरक्षण एवम वन पैदावार व्यवसायी संघ कैलालीको अध्यक्षमा जोनकुमार शाह निर्वाचित भएका छन् । संघको १० औं साधारण सभाबाट शाहको नेतृत्वमा निर्विरोध जिल्ला कार्य समिति चयन गरिएको हो । 

3

संघको उद्योग तर्फको उपाध्यक्षमा तर्कराज जैशी, सप्लायर्स तर्फको उपाध्यक्षमा नरोत्रम भट्ट, सचिवमा महेश्वर ओझा, सहसचिवमा रोम जंग स्वार, कोषाध्यक्षमा प्रकाशबहादुर खड्का र सह कोषाध्यक्षमा दिपेन्द्र गिरी निर्वाचित भएका छन् । 

2
त्यसैगरी संघको सदस्यहरुमा लालबहादुर शाही, ललीत जोशी, दलबहादुर वि.क., कल्पना बुढ़ाखोकी खड्का, भीमबहादुर ऐर र राजेश मघुकर्मी निर्वाचित भएका छन् ।

नविनिर्वाचित कार्य समितिको आज नै पदभार ग्रहण गरिएको छ । मुख्य निर्वाचन अधिकृत वीरवहादुर जेठाराले नवनिर्वाचित कार्य समितिको कार्यालयमा नै पदभार ग्रहण गराईएको छ ।