महाकालीमा डुंगा नचल्दा तल्लोस्वराड वासी समस्यामा
2023/05/07, 11:29
 
ss

महाकालीमा डुंगा नचल्दा पञ्चेश्वर र शिवनाथ वासी समस्यामा परेका छन । विगतमा पञ्चेश्वर गाउँपालिका –४ स्थित हल्दुविनायक घाटमा डुंगा चल्ने भएपनि हाल भारतिय सुरक्षाकर्मीले सञ्चालनमा रोक लगाएपछि आवतजावत गर्न समस्या भएको छ। 

सीमा क्षेत्रका नागरिक दैनिक उपभोग्य सामग्री, औषधोपचार लगायतका कामका लागि भारतीय बजारमा जाने भएपनि डुंगा सञ्चालनमा रोक लगाएपछि समस्या भएको छ । २०७६ सालको चैतमा कोरोना महामारीका बेला डुङ्गा सञ्चालनमा रोक लगाइएकोमा स्थानिय वासीले समस्या झेल्नु परेको छ ।

६१ किलोमिटर सीमा भारतसंग जोडिएको बैतडीमा झुलाघाट बाहेक सीमा क्षेत्रमा कतैपनि झोलुंगे पुल नहुँदा ट्युब र डुंगाको भरमा नदी वारपार गर्नुपर्ने बाध्यता रही आएको छ । डुङ्गा नचल्दा स्वराडका प्रमुख धार्मीक क्षेत्र देवताल, शिवनाथ, गणमेश्वर, कैलपाल लगायतका मन्दिरको दर्शनका लागि भारतीय दर्शनार्थीको सङख्यामा समेत कमी आएको छ ।