खगराज भट्ट मन्त्री नबन्ने, माओवादीबाट तीन जना मन्त्री बन्ने
2023/05/10, 9:51
 
ss

सुदूर पश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रले दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीका रुपमा पठाउने सहमती भएको छ ।माओवादीको संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा माओवादी सरकारमा जाने चर्चा हुने गरेको भएपनि अन्तिममा भट्टले सरकारमा मन्त्रीका रुपमा जान अस्वीकार गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले दुई वर्षपछि मुख्यमन्त्री बनाउने प्रतिबद्धता गरेपछि भट्ट मन्त्री बन्नबाट पछि हटेको बताइएको छ ।  माओवादीले भौतिक पूर्बाधार मन्त्री र आर्थिक मामिला मन्त्रालय मध्ये कुनै एक मन्त्रालय पाउनु पर्ने जिकिर गर्दै आएको थियो । ती दुई मध्ये कुनै पनि मन्त्रालय नपाउने भएपछि उसले तीन वटा मन्त्रालय पाउने पर्ने अडान राखेको थियो । माओवादीले सोही अडानका कारण तीन वटा मन्त्रालय पाउने तय भएको छ ।

माओवादीका तर्फबाट अक्कल बहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिक मन्त्री बन्ने लगभग तय भएको छ । चार महिनादेखि देखि सुदूर पश्चिम प्रदेश सरकारका चार वटा मन्त्रालय मन्त्री बिहीन छन् ।