कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय सम्मेलन सम्पन्न
2023/05/11, 9:29
 
ss

नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रथम क्षेत्रिय सम्मेलन धनगढीमा सम्पन्न भएको छ ।  नेपाली काँग्रेस क्षेत्र नम्बर ५ कार्य समितिको आयोजनामा धनगढीस्थित निर्माण व्यवसायी संघको सभा हलमा  भेला भएको हो ।

भेलाको नेपाली काँग्रेस केन्द्रिय सदस्य शुशिला मिश्र भट्टले समुदघाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले पार्टीबाट जनप्रतिनिधि बनेका व्यक्तिलाई सुझाव, सल्लाह सुझाव दिनुपर्ने बताइन । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका प्रतिनिधिहरुसंग नियमित संवाद आवश्यक रहेको बताइन् । उनले भनिन –‘जनप्रतिनिधिलाई काम गर्न दिने हो । पार्टीले नियमित संवाद, सुझाव, सल्लाह दिनुपर्छ । पार्टीकै काममा जनप्रतिनिधिले समय दिन सक्दैन । त्यसैले जनताको सेवाका लागि जनप्रतिनिधिसंग पार्टीले सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

उनले शिर्ष पदमा महिला नेतृत्वलाई अघि बढ्न नदिने सोच पार्टीभित्र अझै कायम रहेको बताइन् । उनले भनिन –‘अझै पनि वडा अध्यक्ष, नगर प्रमुख, मन्त्री लगायतका पदमा महिलाको सम्मानजनक सहभागिता हुन सकेको छैन् । अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक वर्ग, लोपोन्मुख समुदाय लगायतलाई जनप्रतिनिधि बन्न सकेका छैनन् । हरेक तहमा समावेशी र सहभागितामुलक बन्नुपर्छ ।’ उनले लोकतन्त्र र बहुदलिय व्यवस्थाको सबैभन्दा बढी माया नेपाली काँग्रेसलाई रहेको बताइन् ।

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य जिवन रानाले पार्टीले चुनौती, अनुचित आरोपको सामाना गर्दै अझ सुदृढीकरण गर्दै नागरिकको आशाको किरण बन्ने गरि अघि बढ्नुपर्ने बताइन् । उनले भनिन –‘नेपाली काँग्रेसले हरेक समयमा विभिन्न समस्या, चुनौति, आरोप लगायतको सामाना गर्दै देश र जनतामा बलियो पार्टीका रुपमा स्थापित भएको थियो । अझै समयानुकुल पार्टी सुदृढीकरण गरेर जनताको आशाको किरण बन्नुपर्छ ।’

कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले आफनो निर्वाचन क्षेत्रको विकास, जनताका समस्याको समाधान लगायतमा ध्यानमा राख्दै काम गरिरहेको बताए । उनले भने –‘अहिले आफनो निर्वाचन क्षेत्रको एक वडामा एक विकासको योजना ल्याएको छु । नगरको योजना रहेको वडामा योजना कुनै पनि योजना हालेको छैन् । नगर र संघविचको योजनामा दोहोरोपन नहोस् भनी समन्वय र सहकार्य गरेर अघि बढेको छु ।’

नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भिम पडालको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश समिति सदस्य टेकराज जोशी, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, नगर सभापति यज्ञराज उपाध्याय, वडा सभापति गजेन्द्र सिंह, कैलारी वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कैलाली क्षेत्र नम्बर ५ प्रदेश क का क्षेत्रीय सभापति सिताराम रानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष विजयराज जोशीले गरेका थिए । सम्मेलनमा क्षेत्रीय सचिव महेश गोलेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  सम्मेलनमा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य डम्मरी महरा ९रक्षा०, पूर्व क्षेत्रीय सभापति दीर्घराज भाट, पदमराज भट्ट, उद्धव विष्ट, हरिस खडका, कृष्णबहादुर शाह लगायतलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।