रेशमले बोलाए नाउपाका नेतालाई छलफलका लागि जेलमै
2023/05/17, 12:28
 
रेशमले बोलाए नाउपाका नेतालाई छलफलका लागि जेलमै

काठमाडौं - सर्वोच्च अदालतको फैसलापछि रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका नेताहरूलाई छलफलका लागि कारागारमा बोलाएका छन् । केन्द्रीय समिति र काठमाडौं पायक पर्ने नेताहरूलाई १० बजे कारागारमा छलफलमा बोलाइएको नाउपका उपाध्यक्ष लक्ष्मण किशोर चौधरीले बताए।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछिको परिस्थिति र भावी रणनीतिबारे छलफल हुने उनले जानकारी दिए । नाउपा अहिले सरकारको एक घटक हो । रेशमकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता स्वयम् मन्त्री छिन्। फैसलाप्रति उनले कुनै प्रतिक्रिया दिएकी छैनन्। आजको वैठकमा नाउपाले सरकार छाड्ने वा नछाड्ने भन्ने पनि छलफल हुनेछ । रेशमलाई जेलबाट निकाल्ने आश्वासनका आधारमा नाउपा सरकारमा सहभागी भएको थियो ।