
नेकपा एमालेको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । विशेष र शून्य समय टुङ्गो नलगाएसम्म नेकपा एमालेले बैठक अघि नबढ्न दिने भन्दै रोष्टम अगाडि उभिएपछि बैठक स्थगित भएको हो ।
प्रथम अधिवेशनको नवौं बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई विशेष समयमा बोल्न सभामुख भीमबहादुर भण्डारीले समय दिएपछि नेकपा एमालेले अवरोध गरेको हो ।

नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले कार्यसूचिमा भएको भन्दा फरक ढंगले सभा अघि बढाएकोप्रति आपत्ति जनाउँदै बैठक अघि बढ्न नदिने बताए । एमालेको अवरोधपछि सभामुख भण्डारीले केही समयका लागि बैठक स्थगित भएको जानकारी दिए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08