
कैलालीमा भन्सार छलीको समान पास गराउन घुस दिन खोज्ने एक जना भारतीय पक्राउ परेका छन्। आज ९बुधबार० बिहान धनगढी २ त्रिनगर व्यारल नजिकै भारतबाट भन्सार छलेर ल्याएको ८ हजारको समान पास गरिदिन आग्रह गर्दै घुस दिन खोज्ने भारतको पलियाका ५० वर्षीय सुधिर गुप्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

गुप्ताले भन्सार छलीको समान कटाइदिन आग्रह गर्दै प्रहरीलाई घुस दिन खोज्नेका थिए । गुप्ताले बुधबार बिहान भारतबाट ल्याएको अवैध समान भित्राउन प्रहरीलाई पाँच सय रूपैयाँ लिन र सामान छाडिदिन भनेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दले बताए।
गुप्ताको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ। प्रहरीले बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।
