
एकैदिन सशस्त्र प्रहरीका तीनवटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् । दार्चुलामा एकैदिन तीन वटा बिओपी थपिएका हुन् ।

बिहीबार जिल्लाको मालिकार्जुन गाउँपालिका– ४ जोलजिबी, लेकम गाउँपालिका–३ लाली र व्यास गाउँपालिका–२ दुम्लिङमा बिओपी स्थापना भएको हो ।
यसअघि दार्चुलाको छाङरूमा बिओपी स्थापना भइसकेको छ । योसँगै दार्चुलामा बिओपी संख्या चार पुगेको छ ।
बिहीबार सशस्त्र प्रहरी बल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बिओपी उद्घाटन गरेका हुन् । दार्चुलामा मात्र ६ वटा बिओपी राख्न लागिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/27, 5:35
2024/11/26, 4:43