
कञ्चनपुर - भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापा सहित १० जना जुवा खालबाट पक्राउ परेका छन् । प्रहरीले सोमबार महेन्द्रनगर वसपार्कस्थित होटल रतुवाबाट अध्यक्ष थापा सहितलाई नगद पक्राउ गरेको हो ।

पक्राउ गरिएका उनीहरुबाट नगद डेढ लाख बरामद गरिएको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगर इन्चार्ज लोकेन्द्र सिह ठगुन्नाले उनीहरुलाई नगद रकम सहित पक्राउ गरिएको बताए ।
वडा अध्यक्ष थापा सहित सबैलाई प्रहरी कार्यालयमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयले उनीहरुको मेडिकल गर्ने तयारी गरेको छ । अध्यक्ष थापा पक्राउ परेपछि काँग्रेस नेताहरु प्रहरी कार्यालय पुगेका छन् । अध्यक्ष थापा २०७९ को स्थानीय तह निर्वाचनमा भीनपा ११ बाट निर्वाचित भएका हुन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/23, 7:31
2023/09/20, 5:14
2020/08/26, 10:01
2021/02/09, 4:41