एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः स्पेशल अवार्डलाई शौभाग्य हस्पिटलको साथ 
2023/06/07, 11:36
 
dd

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मा धनगढीमा सञ्चालनमा आएको शौभाग्य हस्पिटल जोडिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको शौभाग्य हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका आठ वटा विधा मध्येको स्पेशल अवार्ड विधालाई शौभाग्य हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो ।

अव यो विधाको नाम शौभाग्य हस्पिटल स्पेशल अवार्ड रहनेछ ।  प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशी र र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिष्टले हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिँदै शौभाग्य हस्पिटलका अध्यक्ष दिनेशराज जोशीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए । 

निजि अस्पतालहरुको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनमा आएको छ । झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै बिशेषज्ञ सेवा सहितको सौभाग्य हस्पिटल धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित कृषि सामाग्री संस्थानको अगाडी मेनरोडमा सञ्चालनमा आएको हो । २५ शैय्याको सौभाग्य हस्पिटल सस्तो र सर्वशुलभ शुल्कमा मुस्कान सहितको स्वास्थ्य सेवा दिने गरी केही समय अघिदेखि सञ्चालनमा ल्याईएको हो ।  मेरुदण्डको शल्यक्रिया गर्ने बिशेषज्ञ सुदुरपश्चिम प्रदेशमा सौभाग्य हस्पिटलमा मात्रै रहने सञ्चालकहरुको दावी छ । बालरोग, स्त्रीरोग, हाड् जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्तरोग लगायत सबै स्वास्थ्य सेवाहरुको बिशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिईरहेको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए । आईसियु, एनआईसियु सेवा सहित वातानुकुलित कक्षहरुमा विरामीले उपचार पाउने अध्यक्ष जोशीले बताए । 

हस्पिटलले ६ महिनाभित्र सिटी स्क्यान सेवा पनि सञ्चालन गर्ने जनाएको छ । २५ शैय्याबाट अस्पताल सुरु भएपनि छिट्टै एक सय शैय्याको पुराउने योजना बनाईएको छ । अस्पतालहरुमा सर्वशुलभ शुल्कमा फरक शैलीमा मुस्कान सहितको स्वास्थ्य सेवा दिएर फरक पहिचान बनाउने लक्ष्य राखिएको छ ।  विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रिय भएका युवाहरुको समुहले अस्पताल सञ्चालनमा ल्याएका हुन् । 

चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

असार ८ गते हुने ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । अवार्डको युवा बर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेश अवार्डलाई शौभाग्य हस्पिटल, बर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदुरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।