
नेकपा एमालेका सांसदले सुदूरपश्चिम प्रदेशसभामा नाराबाजी गर्दै बहिष्कार गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन आफूले पहल गरिरहेको बताए लगत्तै एमाले सांसदहरूले मुख्यमन्त्री शाहको धारणा नभई मन्त्रिपरिषद् बैठकको निर्णय नआउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेर बैठक बहिस्कार गरेका हुन ।

एमाले प्रमुख सचेतक सुरेन्द्र पालले विश्वविद्यालय निर्माणका लागि दबाब दिन भइरहेको आन्दोलनलाई सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गरे । उनले संसद् बहिष्कार गर्ने बताएसँगै एमालेका सांसदहरू नाराबाजी गर्दै बाहिरिएका थिए । एमाले सांसद बाहिरिएपछि सभामुख भीम भण्डारीले १ घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40