अष्टेलियाबाट आस्था पालद्धारा पीसीआरका लागि १० हजार रुपैया सहयोग
2020/07/03, 9:32
 
korona

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टेलियाबाट आस्था पालले १० हजार रुपैया सहयोग गरेकी छन् । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन  नेपाल र सुदूरपश्चिम समाजद्धारा जारी अभियानका बारेमा  सामाजिक सञ्जाल मार्फत जानकारी पाएकी पालले अष्टेलियाबाट आस्था पालले १० हजार रुपैया सहयोग गरेकी हुन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा सहयोग संकलन अभियनाको नेतृत्व गरिरहेका ह्युमानिटी फाउण्डेसनका संस्थापक एवं कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एशोसियसनका अध्यक्ष तथा नेपाल एशोसियन अफ टुर अपरेटरका महासचिव अमर बहादुर शाहीलाई बिष्टले पालले अष्टेलियाबाट १० हजार रुपैया पठाएकी हुन् ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक शाहीको नेतृत्वमा काठमाण्डौंमा जारी सहयोग संकलन अभियानको कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा साफ गेममा तेक्वान्दोमा नेपाललाई चार स्वर्ण पदक दिलाउने किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद (राखेप) का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थीले अगुवाई गरेका छन् ।