कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ
2023/06/18, 5:53
 
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ

कैलाली - कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाका बिभिन्न क्षेत्रबाट भन्सार छलीका अबैध भन्सार छलीका लेडिज सुट, चिनी, प्लाष्टिकको झिल्ली, पेय पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

धनगढी वडा नम्बर ३ भन्सार नजिकबाट बेवारीसे अवस्थामा ३५ हजार मुल्यका भन्सार छलीका सुट, अन्डरवयर, लेगिज, प्लाष्टिकको झिल्ली बरामद गरिएका छन्। यस्तै धनगढी वडा नम्बर ३ मिलन चोकबाट पनी भन्सार छलीका सामान बरामद गरिएका छन्। प्रहरी चौकी त्रिनगरबाट गएको प्रहरी टोलीले १० हजार मुल्य बराबरको चिनी, नाईसेल पाउडर, डिउ(पेय पदार्थ), आईस क्रिम लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारि बरामद गरेको हो।

प्रहरी चौकी त्रिनगरबाट गएको प्रहरी टोलीले सामान फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै आज (आइतबार) विहान धनगढी वडा नम्बर १३ राजपुर चोकबाट २५ हजार मुल्य बराबरका लेडिज सुट बरामद गरिएको छ। यस्तै धनगढी वडा नम्बर–१८ थापाघाटबाट पनि ६ हजार ५ सय मुल्य बराबरको चिनी बरामद गरिएको ईलाका प्रहरी कार्यालय बहुलियाले जनाएको छ।

त्यस्तै उता कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ कञ्चभोजबाट प्रहरीले भन्सार छलीका १ सय ४० किलो बोईलर कुखुरा बरामद गरेको छ। प्रहरीले दुईवटा मोटरसाइकलसहित दोधरा–चाँदनी नगरपालिका-७ का १८ वर्षीय गणेश थापासहित २ जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीले पक्राउ गरेको छ। उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।