मन्त्री सिंहको निधनपछि कांग्रेसले भन्यो-पार्टीले कुशल संगठनकर्ता गुमायो
2023/06/20, 10:06
 
ss

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनले अपूरणीय क्षति भएको जनाएको छ। 

सिंहले पार्टी लामो समय विभिन्न पदीय जिम्मेवारी सम्हालेको कांग्रेसले जनाएको छ। ुलामो समयसम्म नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर पृथ्वीबहादुर सिंहले कार्य गर्नु भएको थियो। उहाँले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो। उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ,ु विज्ञप्तिमा भनिएको छ। 

यसैबीच सिंहको सवारी दुर्घटनामा परी भएको निधनप्रति दुःख व्यक्त गर्दै प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको भएको थियो। दिउँसो बझाङको बागथलामा सिंह सवार गाडी दुर्घटना हुँदा उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको पनि निधन भएको थियो।