सवारी दुर्घटनामा मृत्युबरण गरेका मन्त्री सिंहको यस्तो छ राजनितीक यात्रा.......
2023/06/21, 3:27
 
ss

मंगलवार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह सहित तीन जनाको बझाङ जाने क्रममा गाडी दुर्घटनामा परेर मृत्यु भएको छ । सोमबार प्रदेश राजधानी धनगढीबाट ४ जना परिवार सदस्यसहित १६ जनाको टोली डडेल्धुरा पुगेको थियो।

डडेलधुरामा मन्त्री सिंहले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सकेर त्यही बास बसेका थिए। मंगलबार बिहानै डडेल्धुरास्थित प्रसिद्ध उग्रतारा मन्दिरको दर्शन गर्न बिहान ६ बजे सबै जना त्यहाँ पुगेका थिए। उग्रताराको दर्शनपश्चात करिब ७ बजे सकेर खाना खाइसकेपछि मन्त्री सिंहको गाडी अघि अघि बाँकी गाडी पछाडि हुँदै बझाङका लागि हिँडेको जयपृथ्वी नगरपालिका–५ का राजेन्द्र थापाले बताए। मंगलबार दिउँसो १२ बजे बझाङ प्रवेश भएको मन्त्री सिंहको गाडी साढे १ बजे बाग्थला बजार पुगेको थियो।

केदारस्युँ गाउँपालिका–४ बाग्थलाबाट १५ मिनेट अगाडि बढेको जीप कालंगा खोला किनार धारछडी भन्ने स्थानमा दुर्घटनाग्रस्त भयो । मंगलवार दिउसो १ः४५ बजे केदारस्यु गाँउपालिका–१ झारछडामा गाडी दुर्घटनामा परी जीपमा सवार कानुन मन्त्री पृथ्वीबहादुर सिंह, उनकी धर्मपत्नी अमृतादेवी सिंह, भाउजु जयदेवी सिंह, चालक धर्मराज जोशी र मन्त्री सिंहका सुरक्षागार्ड दीपक भण्डारी सबै गम्भीर घाइते बनेका थिए। गम्भीर घाइते उनीहरूलाई हतार हतार केदारस्युँ गाउँपालिकाको देउरास्थित रायल प्राथमिक स्वास्थ्य केन्द्र र ऋतु पोलिक्लिनिक लगिएको थियो। उपचारकै क्रममा डाक्टरले मन्त्री सिंहकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजु जयदेवी सिंह मृत्यु भएको पुष्टि गरेका थिए ।

ऋतु पोलिक्लिनिकमै छँदा मन्त्री सिंहको नाबीको चाल र मुटुको धड्कनले काम गर्न छोडिसकेको त्यहाँ कार्यरत चिकित्सक सर्जन सुवेदीले बताए। सुर्खेतबाट आएको हेलिकोप्टरले मन्त्री सिंहसहित चालक जोशी र अंगरक्षक भण्डारीलाई ४ः५८ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पु¥याएको थियो। त्यहाँ प्राध्यापक डाक्टर ढुण्डी राज पौडल नेतृत्वको टोलीले मन्त्री सिंहलाई बचाउन हर प्रयास गर्दा पनि नाबीको चाल र मुटुको धड्कनले काम गरेको नपाइएपछि बेलुका ५ः३३ बजे मृत घोषणा गरेको थियो। दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा पनि गम्भिर रहेको अस्पतालले जनाएको छ। मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला जाँदै गरेका सिंहले बझाङकै वित्थड चिर गाउँपालिकामा आयोजना भएको बधाई तथा शुभकामना कार्यक्रम पछि केदारस्यूँको देउरामा पनि कार्यकर्तालाई भेट्ने कार्यक्रम थियो ।

जिल्ला सदरमुकाम लगायत विभिन्न ठाउँमा कार्यक्रमहरु आयोजना गरिएको थियो । तर मन्त्री जिल्ला आउने खबरले उत्साहित बनेका जिल्लाबासीहरुमा दुर्घटनाको खबरले एकाएक स्तब्धता छायो । सुदुरपश्चिम सरकारमा पहिलो पटक बझाङले क्याविनेट मन्त्री पाएकोमा खुशीले माला लगाउन भनेर हिडेको थिए, बझाङ देउराका एक जना व्यवसायी केस विस्टले दुखद दुर्घटनाले सबैलाई मर्माहत बनाएको बताए ।मन्त्री सिंहको दम्पती र भाउजुको निधन र अकास्मात अकल्पनिय क्षतीले बझाङ जिल्ला नै शोक मग्न भएको छ । बझाङ बासीले पनी अत्यन्त मिलनसार र सहयोगी नेता गुमाउँदा एक असल नेता गुमाएको बताएका छन् । जिल्लामा मिलनसार व्यक्तीको छवी बनाएका होनहार नेता तथा प्रदेश मन्त्री सिंह गुमाएको खबरले आफु स्तब्ध भएको प्रतिनिधी सभा सदस्य भानुभक्त जोशीले बताए । अहिले मन्त्री सिंहको निधनले सम्रग सुदुरपश्चिम नै स्तब्ध र शोकमग्न बनेको छ । सामाजिक सञ्जालमा मन्त्री सिंहलाई श्रद्धाञ्जली दिरहेका छन् । मन्त्री सिंहको जन्म २०१५ साल माघमा बझाङको कैलासमा भएको हो ।

२०७९ साल मंसिर ४ मा भएको प्रदेशसभा चुनावमा उनी बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति रहेका थिए । २०७९ सालको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट विजयी सिंह एक महिना अघि जेठ छ गते मन्त्री नियुक्त भएका थिए । विद्यार्थी काल देखी नै राजनितिमा आवद्ध सिंह २०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा एमालेका भैरब बहादुर सिंह सँग पराजित भएका सिंह थिए । २०३१ सालमा एसएलसी पास गरे लगतै नेपाल विद्यार्थी संघमा आबद्ध हुनु भएका सिंह २०३७ देखी २०४० साल सम्म नेविसंघ बाँकेको जिल्ला अध्यक्षको रुपमा काम गरेका थिए ।

२०४१ देखी २०४८ सम्म नेपाली काँग्रेस बझाङको जिल्ला सदस्य, २०४८ देखी २०६० साल सम्म नेपाली काङग्रेसको जिल्ला सचिव, महाअधिवेशन प्रतिनिधी र महासमिति सदस्य, २०६२ देखी २०७३ सम्म दुइ कार्यकाल नेपाली काँग्रेसको जिल्ला सभापती, २०४९ सालको स्थानिय निर्वाचनमा तत्कालिन लुयाटा गाविसको अध्यक्ष निर्वाचित भएका थिए । शिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरकोे पहिलो व्याचमा आइ एस्सी गरेका मन्त्री सिंहले विए र बिएल सम्मको अध्ययन गरेका थिए । मन्त्री सिहंसँगै दिवंगत भएकी उनकी पत्नी अमृता सिंह नेपाली काँग्रेसको राजनीतिमा सक्रिय महिला थिइन । २०७४ सालको स्थानिय तह निर्वाचनमा उनी नेपाली काँग्रेसको तर्फबाट जयपृथ्वी नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार भएकी थिइन ।

२०१५ साल माघमा तत्कालिन कैलाश गाविसको चिउरी९हाल जयपृथ्वी नपा– १ चिउरी० मा जन्मिएका सिंहको हालको बसोबास भने जयपृथ्वी ४ डिलगाँउमा छ ।सिंह दम्पतीका दुईछोरा, दुई बुहारी र दुई नाती नातिना छन । जेठो छोरा अमेरिका र कान्छो छोरा उनीसंगै राजनीतिमा संलग्न थिए । जेठ ६ गते लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका पृथ्वीबहादुर सिंह मंगलबार धेरै कार्यक्रम तालिका बनाएर खुशी साट्न बझाङ जाँदै थिए। उनले बझाङमा रहँदा असार ६ गते ढँडार मष्टा मन्दिर दर्शन तथा भेटघाट गरेर एलइओसी कार्यक्रम उद्घाटनसहित बझाङका कार्यालय प्रमुखलाई निर्देशन दिएर ७ गते धनगढी फिर्ता हुने कार्य तालिका थियो। तर अपसोच उनले सदरमुकाम चैनपुर पुग्न नपाइ ४० किलोमिटर टाढाबाट अस्ताउनु परेको छ।