कांग्रेस सुदूरपश्चिमले ३ दिन पार्टीको झण्डा आधा झुकाउने
2023/06/21, 3:36
 
dd

नेपाली कांग्रेस सुदूरपश्चिमले ३ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले ३ दिन पार्टीको झण्डा आधा झुकाउने भएको हो।

नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको कार्यालयले शोक बक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्ला पूर्व पार्टी सभापति समेत रहेका सिंहको शोकमा प्रदेशमा ३ दिन पार्टीको भण्डा आधा झुकाउन निर्देशन दिइएको छ। सुदूरपश्चिम सभापति बीर बहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर ३ दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न भनिएको छ।

बक्तव्यमा मन्त्री सिंह सहित धर्मपत्नी अमृतादेवी सिंह, भाउजु जयादेवी सिंह सहित तिनैजनाको असामयिक निधन भएको घटनाले अत्यन्तै दुखित र मर्माहत बनाएको उल्लेख गरिएको छ। मन्त्री सिंहले नेपाली कांग्रेसको पार्टी संगठन निर्माण देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको अतुलनीय योगदानको पनि शोक बक्तव्यमा स्मरणीय गरिएको छ।

‘सरल स्वभाव र सादगी जीवन शैलीका एक साहसिक योद्धा पार्टी कार्यकर्ताका लागि प्रेरणाका स्रोत नै हुनुहुन्थ्यो’ प्रदेश सभापति बलायरद्धारा जारी शोक बक्तव्यमा भनिएको छ ‘वहाँको निधनले पार्टीलाई अपुरणीय क्षति भएको छ। दुःखद यस शोकको घडिमा शोक सन्तप्त परिवार आफन्तजन सबैमा समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै दुर्घटना परि घाइते हुनु भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ मन्त्री सिंहको निधनमा प्रदेश सरकारले बुधबार प्रदेश भरी शोक विदा दिएको छ ।