
धनगढी - कैलाली र कञ्चनपुर जिल्लाबाट भन्सार छलीका सामान बरामद गरिएका छन्। प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–२ मा भन्सार छलीका अन्दाजी ३४ हजार २ सय मूल्य बराबरका लेडिज कुर्ती बरामद गरिएका छन्।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिइएको संयुक्त प्रहरी टोलीले मंगलवार बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१ बैशाखामा भन्सार छलीका अन्दाजी २५ हजार २ सय ५० मुल्य बराबरका बोईलर कुखुरा, खाने तेल, सुर्ती, डिस्पोजल गिलास लगायतका सामानहरु सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिईएको सयुंक्त प्रहरी टोलीले मंगलवार बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 8:00
2021/05/10, 9:16
2022/12/05, 12:15